जनता माविका पूूर्वविद्यार्थीद्वारा ५१० जनाको निःशुल्क स्वास्थ्योउपचार

नेपालगन्ज : खजुराको जनता माध्यमिक विद्यार्थी सन्तकुटी पूर्वविद्यार्थी समाजले स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विद्यालयको स्वर्ण जयन्तीको अवसरमा शुक्रबार विद्यालय परिसरमा आयोजना गरेको स्वास्थ्य शिविरको खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफानले शुभारम्भ गरेका हुन् । अध्यक्ष तुफानले पूर्वविद्यार्थीले आफूले पढेको विद्यालयलाई सहयोग पुग्ने गरेको कार्यलाई निकै सह्नीय काम भएको बताए ।

स्वास्थ्य शिविरमा डा. पिताम्वर सुवेदी, डा. प्रचण्ड गौतम, डा.संकेत रिसाल, डा. आ.के.झा, डा. खगेन्द्रजंग शाह, लगायतका विशेषज्ञ चिकित्सकहरुबाट नाक, कान, चर्म रोग, जनरल चेकजाँच, बालरोग र आँखा सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । डा.पुरुषोत्तम वर्मा, मेडिकल अफिसरहरुबाट सेवा उपलव्ध भएको थियो । कार्यक्रमबाट विद्यार्थी र अभिभावहरु गरेर ५१० जनाले उक्त सेवा लिएको समाजका अध्यक्ष झविलाल शर्माले जानकारी दिए ।
शिविरमा निःशुल्क रुपमा वितरण गर्न औषधिहरु पूर्वविद्यार्थीहरु डा. प्रचण्ड गौतम, विकास दहाल, विष्णु देवकोटा, प्रेम खरेल लगायत ब्रृनोज कान स्वास्थ्य स्यार केन्द्रका पुरन थारु, डा. अजय वैश्य, स्वास्थ्यकर्मी प्रसिद्ध ढकाल र खजुरा गाउँपालिकाबाट प्राप्त भएको थियो ।

कार्यक्रमका संयोजक डा. पिताम्वर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष झविलाल शर्माले उद्देश्यमाथि प्रकाश र सल्लाहकार दिलवहादुर पौडेलले सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह थापाले पूर्व विद्यार्थीहरुको यो उत्साहले आफुहरुलाई थप बल पुगेको बताए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र खत्री, पूर्वविद्यार्थी समाजका पदाधिकारी एवं सदस्यहरु, मेडिकल अफिसर डा. पुरुषोत्तम वर्मा लगायतका स्वास्थ्यकर्मीहरु लक्ष्मी केसी, सुदीप पौडेल, खडानन्द भट्टराइ, नकुल थापा, प्रसिद्ध ढकाल, अर्जुन सुनार, प्रचण्ड गौतम, तीर्थमान समेतको स्वास्थ्यकर्मीको टिमले कार्यक्रममा सेवा प्रदान गरेको थियो ।