पाठकको नेतृत्वमा नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी

नेपालगन्ज : नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लिमिटेड नेपालगन्जमा कृष्णाकुमारी पाठकको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ ।
सहकारीको शनिबार नेपालगन्जमा सम्पन्न १०औं अधिवेशनले पाठक अध्यक्ष रहेको ७ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्ष गणेशप्रसाद पाठक, सचिव विकास कोइराला, कोषाध्यक्ष लालबहादुर शाह, सदस्यहरु प्रेमप्रकाश उपाध्याय, शान्ति गौतम र नन्दकुमार वर्मा चयन भएका छन् । अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजक भीमप्रसाद बराल, सदस्यमा टंकनाथ पौडेल र तारादेवी धामीलाई निर्वाचित गरेको छ ।

यसअघि जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले अधिवेशनको उद्घाटन गरेका थिए । २०५२ सालमा स्थापना भएको सहकारीमा १ हजार १३२ सदस्य छन् । सहकारीमा ५ करोड ९६ लाख ५८ हजार ५९० कूल निक्षेप रहेको छ । सहकारीले २ करोड ६४ लाख ८८ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।