२७औं जनयुद्ध दिवसमा बाँकेमा खुला भलिबल प्रतियोगिता हुँदै

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र)ले २७औं जनयुद्ध दिवसको अवसरमा बाँकेमा खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
माओवादी केन्द्रको नेपालगन्ज उपमहानगर कमिटीले आगामी फाल्गुन १ र २ गते खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३५ हजार र तेस्रो टिमलाई २० हजार रुपैयाँको पुरस्कार रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही ३ हजार रुपैयाँ मेडल, प्रमाण–पत्र, कप प्रदान गरिनेछ ।
जनयुद्ध दिवसको अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगन्ज पार्टी कार्यालय र शहिद सेतु विक चोकमा द्वीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । भलिबल प्रतियोगिता आयोजना गर्न नगर अध्यक्ष रतन शाहीको नेतृत्वमा ८१ सदस्यीय मूल तयारी समिति गठन गरिएको छ । सहिद सप्ताहसम्म सहिद तथा वेपत्ता परिवारहरु घाइते योद्धालाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।