तीन तहकै सरकार मिलेर देश विकास गनुपर्छ : मन्त्री नमूना

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमूनाले तीनै तहका सरकार मिलेर विकासको काम गर्नुपर्नेमा जोड दिएकी छन् ।
वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री नमूनाले देश विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । ‘तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएर विकास निर्माणका काम भए संघीयता कार्यान्वयनमा पनि सहज हुन्छ । देश विकास हुन्छ’, उनले जोड दिइन् ।

जनयुद्वकै जगमा गणतन्त्र र संघीयता आएको दाबी गर्दै नेकपा (माओवादी केन्द्र)की केन्द्रिय सदस्यसमेत रहेकी मन्त्री केसीले भनिन् ‘जनयुद्वकै जगमा अहिलेको संघीय गणतन्त्र नेपाल भएको हो । दुःख गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन तपाई युवाहरुको समेत महत्वपूर्ण भूमि,का हुन्छ ।’