लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्षमा निश्चल

नेपालगन्ज : लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्षमा प्रकाश गिरी निश्चल चयन भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यता एवम् प्राज्ञ हरिप्रसाद तिमिल्सिनाको उपस्थितिमा प्रतिष्ठान बाँकेका कार्यवाहक अध्यक्ष मीना बरालको अध्यक्षतामा मंगलबार नेपालगन्जमा सम्पन्न भेलाले यस अघिको तदर्थ समिति विघटन गरेर सर्वसम्मत् रुपमा निश्चलको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्ष, फनीन्द्र आचार्य, सचिव गीता अर्याल, सहसचिव महेन्द्र रोक्का र कोषाध्यक्ष करिस्मा योगी रहेका छन् । त्यसैगरी चन्द्रावती अधिकारी, इन्दिरा गौतम, प्रियङ्का वैश्य र डम्बर बिकलाई सदस्यमा चयन गरिएको छ ।