नरैनापुरमा सुरु भयो, हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान

नेपालगन्ज : बाँकेको नरैनापुरमा बिहीबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।
गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय मणिराम खरालले हात्तीपाइले रोगविरुद्धको औषधि खाएर अभियानको सुरुवात गरेका हुन् । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहका अनुसार गाउँपालिकामा ४४ हजार ८०७ जना नागरिकलाई औषधि खुवाउने लक्ष्य छ । अभियान सुरु भएको पहिलो दिन गाँउपालिकाको ६ वटै वडामा ५ हजार ७ सय ३८ जनाले औषधि सेवन गरेका छन् । बाँकेमा सुरु भएको यो १३ औँ अभियान हो ।