नेतृत्व विकास तालिम सम्पन्न

नेपालगन्ज : बर्दियाको बारबर्दिया नगरपालिकाका किशोरकिशोरीलाई दुई दिने नेतृत्व विकास तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बी ग्रुप नेपालगन्जले सञ्चालन गरेको बालविवाह न्यूनिकरण परियोजनाले शुक्रबार र शनिबार बारबर्दिया–६ जयनगरमा नेतृत्व विकास तालिम आयोजना गरेको हो ।
तालिमको अन्तिम दिन किशोरकिशोरीहरुले खाजा खर्चको पैसा बचत गरेर बालविवाहविरुद्धको अभियान सञ्चालन गर्ने योजना बनाएका छन् । बारबर्दियाको वडा नंं. ९ र ११ का किशोर किशोरीहरुले बालविवाह र समाजका हानीकारक अभ्यास विरुद्ध २ महिने अभियान सञ्चालन गर्न लागेका हुन् । किशोरकिशोरीले बालविवाहविरुद्धका ८ वटा कार्ययोजना बनाउँदै अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
बारबर्दिया–९ बनगाईकी खुसी थारुले बालविवाहविरुद्ध सडक नाटक, बालविवाह न्यूनिकरणका लागि नारा लगाउँदै विरोध प्रदर्शन, युवा, किशोरी र बाल क्लब गठन गर्न लागिएको बताइन् । उनले भनिन्, ‘यी कार्यक्रम गर्न कतैबाट सहयोग भएको छैन । हामीले खाजाको पैसाबाट बचाएर आयोजना गर्नेछौं ।’ उनीहरुले महिनावारी स्वच्छता कायम गर्र्न पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गर्ने योजना बनाएका छन् । बारबर्दिया–११ विजयनगरकी बिर्सना थारुले समाजमा हानिकारक अभ्यासको रुपमा रहेको बालविवाह विरुद्ध पोस्टर बनाएर गाउँगाउँमा टाँस्ने बताइन् । सो अवसरमा तालिम समापनमा प्रतीक सुनार नेतृत्व विकास तालिमममा शंकरप्रसाद खनालले सहजीकरण गरेका थिए । तालिममा बी ग्रुपका कार्यक्रम प्रबन्धक जगदीश थापा, संस्थाका प्राविधिक संयोजक प्रकाश शर्मा र फिल्ड सुपरभाइजर राकेश कँडेलले समाजका हानीकरक अभ्यासबाट किशोरकिशोरीलाई जोगाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेको बताए । तालिममा १२ किशोरी र ८ किशोर सहभागी थिए ।