पब्लिक स्पीच बाँकेको उपाधि कृतिलाई

नेपालगन्ज : पब्लिक स्पीच बाँकेको उपाधि युनाइटेड एकेडेमी नेपालगन्जकी कृति फुँयालले जितेकी छिन् ।
बास नेपालको आयोजनामा मंगलबार राति नेपालगन्जमा सम्पन्न फिनालेमा फुँयालले ३५ जना प्रतिष्पर्धीलाई उछिनेर प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । उनले नगद १५ हजार रुपैयाँसहित प्रमाण पत्र र ट्रफि प्राप्त गरिन् ।
प्रतियोगिताको धम्बोझी माविकी गरीमा खनाल दोस्रो र सेन्ट थोमस माविकी अञ्जली वर्मा तेस्रो भइन् । जीभीएन माविकी वर्षा पाण्डेले सान्त्वना स्थान हासिल गरिन् । उनहरुले क्रमशः नगद १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रमाण पत्र र ट्रफी प्रदान गरियो । त्यसैगरी पब्लिक च्वाइस अवार्ड जीभीएनकी वर्षा पाण्डेले हासिल गरेकी छिन् । जस अन्तरगत उनले नगद थप ५ हजार, प्रमाण पत्र र ट्रफि पाइन् ।

विजेताहरुलाई नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपमा प्रबन्ध निर्देशक प्रदीप छाछेडले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्राध्यापक रुद्रप्रसाद तिमिल्सिना, सन्तोषबहादुर खड्का र दीला शाहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पब्लिक स्पिच बाँके दुई चरणमा सम्पन्न भएको हो । यस अघि प्रतियोगिताको पहिलो चरण अर्थात अडिसन राउण्ड फाल्गुण ७ गते नेपालगन्जमा सम्पन्न भएको थियो । अडिसन राउण्डमा सहभागी ३५ जना प्रतियोगीमध्ये १६ जना पहिलो चरणबाट नै बाहिरिएका थिए भने १९ जना प्रतियोगी फिनाले राउण्डका लागि छनौट भएका थिए ।