नेपालगन्ज-कोहलपुर उल्लासपूर्ण होली (फोटो फिचर)

नेपालगन्ज : बाँकेमा यो वर्ष निकै शान्त, सौहार्दता र उल्लासपूर्ण रुपमा होली मनाइएको छ ।
नेपालगन्जदेखि कोहलपुरसम्म मेरो खुसी टिमले स्थलगत रुपमा गरेको रिपोर्टिङका क्रममा बिहानदेखि दिउँसोसम्म ठाउँ–ठाउँमा आ–आफ्नो समूहमा होली खेलेको पाइयो ।

कसैले पनि कसैलाई होलीका नाममा अभद्र व्यवहार गरेको पाइएन । ठूलो समूहमा होली खेल्दा र होलीको गीत डिजे बजाएर नाच्दा पनि असम्बन्धित व्यक्तिलाई रंग लगाउने र नाच्न जोर जबरजस्ती गरेको पनि भेटिएन । नेपालगन्जको न्युरोडमा बसपार्क जाने बाटो नजिक, सेतु विक चोक र सदरलाइनको त्रिवेणी चोकमा ठूलो समूहमा होली खेलिएको थियो ।