११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : बाँकेमा विविध कार्यक्रम

नेपालगन्ज : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बाँकेमा विविध कार्यक्रम गरेर मनाइएको छ ।
‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार जिल्लाको नेपालगन्ज, कोहलपुर, नरैनापुर लगायतका स्थानीय तह, महिला अधिकारको क्षेत्रको कार्यरत संघसंस्थाले -याली, अन्तरक्रिया कार्यक्रम गरेर मनाएका हुन् ।
नरैनापुर गाउँपालिकामा वडा नं. ६ का महिला वडा सदस्य रिहाना मुकेरीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, परिवर्तन सहकारी संस्थाका अध्यक्ष सुनिता खाँड, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, महिला बालबालिका शाखा प्रमुख कृष्णचन्द्र, सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतो, बरिष्ठ प्रहरी नयाब निरीक्षक पुष्पराज जोशी लगायतले महिला हक अधिकारका बारेमा बोलेका थिए ।