मेरो खुसी संवाददाता यादव अवधी पत्रकार संघ बाँकेको सचिव निर्वाचित

नेपालगन्ज : मेरो खुसी डटकमका संवाददाता रमेशकुमार यादव अवधि पत्रकार संघ बाँकेको सचिवमा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न १४औं साधारणसभा तथा बाँके जिल्ला अधिवेशनले प्रहलाद विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा सुनिता वर्मा, सचिवमा रमेशकुमार यादव, सहसचिवमा रुवी साई, कोषाध्यक्षमा असफाक संघर्ष चयन चयन भएका छन् । यसैगरी सदस्यहरुमा सलामत अली शेष, समिर सल्मानी, निलम शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी, मो. सद्दाव राइनी चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए ।