विश्व खुसी सूचकाङ्क : नेपालमा एक अंकले तल खस्कियो

नेपालगन्ज : विश्व खुसी सूचकाङ्क नेपालमा एक अंकले तल खस्किएको छ ।
संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कले विश्व खुसी दिवसको अवसरमा सोमबार सार्वजनिक गरेको सन् २०२३ को वार्षिक विश्व खुसी सूचकाङ्कमा नेपाल गत वर्षभन्दा एक अंक खस्केर ८५औं स्थानमा पुगेको हो । सन् २०२२ मा नेपालको सूची ८४औं थियो ।

फिनल्याण्ड सन् २०२३ को पनि सबैभन्दा खुसी देश बनेको हो । फिनल्याण्ड लगातार छैटौं पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ । विश्वका १४६ वटा देशमा गरिएको सर्भेमा अफगानिस्तान यो वर्ष पनि सबैभन्दा पुछारमा नै छ ।