महेन्द्र क्याम्पस नेपालगन्जको सभापतिमा खत्री निर्वाचित

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित माधव खत्री

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू सभापतिमा अनेरास्ववियूका माधव खत्री निर्वाचित भएका छन् ।
संयुक्त गठबन्धनका उम्मेदवार खत्री ७५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका जीवनराज सुवेदीले ६६६ मत पाए । त्यसैगरी, सभापतिका उम्मेदवार मुकेशसिंह कुँवरले १०९, भावना थापाले १९ र सुजल परियारले १६ मत मात्र ल्याए ।
सचिवमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विक ९७६ मत ल्याएर विजयी भए । उनका निकतम् प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नर्देव थारुले ६५६ मत मात्र पाए । त्यसैगरी कोषाध्यक्षमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका भरतराज बुढथापा ८७७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका देवी रेग्मीले ७३९ मत मात्र पाइन् । सदस्यमा संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरन्जिवी बुढा, निराजन अवस्थी, सुशिल बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् । निर्वाचनमा विजयी हुने सबै संयुक्त गठबन्धनका उम्मेदवार हुन् ।