‘टीआरसी’ विधेयक सच्याउन माग

नेपालगन्ज : बाँके बर्दिया, दाङका द्वन्द्व पीडित र अधिकारकर्मीले सरकारले संसदमा पेश गरेको संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सच्चाउन माग गरेका छन् ।
एडभोकेसी फोरम नेपालले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उनीहरुले विधेयकमा न्यायका दृष्टिकोणबाट केही कमी कमजोरी रहेको भन्दै सच्चाउन माग गरेका हुन् । उनीहरुले लामो समयदेखि न्यायको पखाइमा रहेका पीडितले विधेयकलाई आवश्यक संशोधन गरि छिटो टुङ्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा द्वन्द्व पीडित सजाल दाङ्गका संयोजक प्रकाश थारु, द्वन्द्व पीडित तथा एकल महिला सञ्जालकी शोभा बिसी, द्वन्द्व पीडितहरु प्रेम थापा, गीता शाह राठौर, कौशिला कार्की, भौनी थारु, उषा दाहाल, पार्वती बुढा, देवीसरा वली, हिमी पोखरेल, योजना चौधरी, भुमिसरा थापा, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, बाँके जिल्ला बारमा अध्यक्ष जनकबहादुर शाही, एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम लगायतले विधेयक सच्चाउन माग गरेका हुन् ।