सुपर प्रोजेक्टद्वारा नेपालगन्ज उपमहानगरलाई विपद व्यवस्थापन सामग्री हस्तान्तरण

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकालाई विपद व्यवस्थापन जन्य सामग्री हस्तान्तरण गरिएको छ ।
सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट)ले बिहीबार उपमहानगरपालिकालाई विपद व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो ।
युनिसेफ नेपालकी आपतकालीन विशेषज्ञ सुनिता कायस्थले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विपत व्यवस्थापनजन्य सामग्री हस्तान्तरण गरेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । २६ लाख ४८ हजार मूल्य बराबरका ड्रोन, खोज तथा उद्दार सामग्री, सूचना प्रविधि र कार्यालय व्यवस्थापन सम्बन्धी सामग्री, अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, विपत समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थित थिए ।
नेपालगन्जमा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडीपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ । नेपालगन्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।