हनुमान जयन्तीमा शोभा यात्रा (फोटो फिचर)

नेपालगन्ज : हनुमान जयन्तीको अवसरमा बिहीबार नेपालगन्जमा शोभा यात्रा गरिएको हो ।

बिहान सुरुमा युवाहरुले श्रीराम लेखिएको र हनुमानको चित्र अंकित झन्डा फहराउँदै नगर परिक्रमा गरेका थिए । त्यसपछि ठूलो संख्याका भक्तजनले श्रीराम र हनुमानको जय जयकार गर्दै नगर परिक्रमा गरेका थिए ।