एक वर्षमा जमुनाहा नाकाबाट ५०७ महिला र बालबालिकाको उद्दार

नेपालगन्ज : माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट एक वर्षको अवधिमा ५०७ जना महिला र बालबालिकाको उद्दार गरेको छ ।
संस्थाको ३१औं स्थापना दिवसको अवसरमा माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइरालाले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा एक वर्षको अवधिमा जोखिम पूर्ण अवस्थामा रहेका ५०७ जना महिला बालबालिकालाई जमुनाहा नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उद्दार गरिएको बताए । माइती नेपालले भारत तथा खाडी मुलुक समेतबाट १० जना महिलालाई उद्दार गरेको छ । यो अवधिमा ७१२ जनाको खोज तलास तथा उद्दारको निवेदन परेकोमा २४६ जना फेला परेका छन् ।
संस्थाले स्थापना दिवसको अवसरमा नेपालगन्जमा जनचेतनामूलक कार्यक्रम गरेको छ । सूचना तथा सन्देशमूलक ¥याली निकालिएको थियो । मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध अधिकारकर्मी र युवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्याय, समाजसेवी जीतबहादुर थापा, समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापा, माइती युवा सञ्जालका अभियन्ताहरु मेघबहादुर खत्री, सुरेन्द्र चलाउने लगायतले धारणा राखेका थिए । संस्थाले रतmदान कार्यक्रम पनि गरेको थियो ।