कैलालीको खक्रौला नाकामा ९ जनामा कोरोना पुष्टि

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा न ९ स्थित नेपाल भारत सीमा नाकामा दुई दिनमा ९ जना कोरोना पोजेटिभ भएका बिरामी फेला परेका छन । टीकापुर नगरपालिकाको खक्रौला नाकाको हेल्थ डेस्कमा बिहीबार ६ जना र शुक्रबार ३ जनामा चेकचाँच गर्दा कोरोना पोजेटिभ फेला परेको हेल्थ डेस्कका इन्चार्ज मकेन्द्र रोकायाले जानकारी दिए ।
नयाँ वर्ष मनाउनका लागि भारतका विभिन्न स्थानबाट आएका नेपालीहरुमा कोरोना पोजेटिभ देखा परेको उनीहरुलाई होम आइसनेलेसनमा बस्न सुझाव दिएको समेत जानकारी दिएको छ । कोरोना पोजेटिभ देखा परेका टीकापुर नगरपालिका वडा न ८, ९ ,१ र जानकी गाउपालिका सहित भजनी नगरपालिका रहेको रोकायाले जानकारी दिएका छन् ।