रेशम विरही र श्रेष्ठ प्रिया ‘पत्थर’लाई पूर्णिमा साहित्य रत्न पुरस्कार

कोहलपुर : बाँकेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुुरले बरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरही र साहित्यकार श्रेष्ठ प्रिया पत्थरलाई पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानले शनिबार कोहलपुरमा आयोजना गरेको भव्य समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्र्व सदस्य सचिव सनत रेग्मीले बाँकेमा कर्मथलो बनाएर हाल चितवनमा बस्ने साहित्यकार विरहीलाई पूर्णिमा साहित्य रत्न पुरस्कार २०७७ र कैलालीकी पत्थरलाई पूर्णिमा साहित्य रत्न पुरस्कार २०७८ प्रदान गरेका हुन् । दुबै पुरस्कारकोे राशी जनही २५ हजार ५५५ रहेको छ ।

कार्यक्रममा लेखक सागर गैरे, पुष्कर रिजाल, खोपीराम ओली र मणि गैरेले स्रष्टाहरूको कृतित्व र व्याक्तित्वबारे चर्चा गरेका थिए । सोही

समारोहमा कवि केशव सिग्देलले एकल कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष गजलकार कपिल अञ्जानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कथाकार सुमित्रा न्यौपानेले सहभागीलाई स्वागत गरेकी थिइन् ।