बर्दियाको ठाकुरद्वारामा थारु नृत्य गर्दै वर्ष २०७९ लाई विदाइ र २०८० को स्वागत

ठाकुरद्वारा (बर्दिया) : बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा बिहीबार राति थारु गीतमा नृत्य गर्दै वर्ष २०७९ को विदाइ र नयाँ वर्ष २०८० को स्वागत गरिएको छ ।

नेपालगन्जको स्प्रिङ डेल ऐकेडेमीले ठाकुरद्वारास्थित सामर्थ रिसोर्टमा आयोजना गरेको कार्यक्रममा ठाकुरबाबा नगरपालिका ९ बेतहनीको प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबका कलाकारले हुदङ्गवा, लाठी नाच र छोक्रा नाच प्रस्तुत गरेका थिए । थारु गीतमा शिक्षक विद्यार्थी र पर्यटकहरु रमाएका थिए ।

सोही अवसरमा विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई विदाइ पनि गरेका थिए ।

नयाँ वर्षको अवसरमा विद्यालयले शुक्रबार बिहान विद्यार्थी र शिक्षक शिक्षिकालाई बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी र कर्णाली पुलको गराएको थियो । विद्यार्थीले हात्ती, मृगका विभिन्न प्रजाति र मयुर हेर्न पाएको प्रिन्सिपल शरदचन्द्र रावलले जानकारी दिए ।