कर्णाली पुलमा नयाँ वर्ष मनाउन १०औं हजार (फोटो फिचर)

कर्णाली (चिसापानी), कैैलाली : नयाँ वर्ष मनाउन कैलालीको चिसापानीस्थित कर्णाली पुलमा शुक्रबार १०औं हजारको संख्यामा युवायुवतीको भीँड लागेको छ ।

लम्की चुहा नगरपालिकाले पुलको विभिन्न स्थानमा नेपाली झन्डा राखेर पुलको सौन्न्दर्यकरण गरेपछि बिहान १० बजेदेखि दिनभर १०औं हजारको संख्यामा आन्तरिक पर्यटकको घुँइचो लागेको थियो । ट्राफिक प्रहरी टेकबहादुर बागका अनुसार बिहानैदेखि दिनभर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र भारतका विभिन्न स्थानका पर्यटकले पुलमा फोटो र भिडियो खिच्ने, टिकटक बनाउने गरेका थिए ।

ट्राफिक र प्रहरीलाई सवारी आवगमन व्यवस्थित गर्न हम्मेहम्मे परिरहेको थियो । हरेक वर्ष नयाँ वर्षको दिन कर्णाली पुलमा यस्तै भीँड लाग्ने गरेको प्रहरीले जनाएको छ ।