बाघ र कृष्णसार जोगाउन इको क्लब स्प्रिङ डेलको आग्रह

चिसापानी (बर्दिया) : बाघ र कृष्णसार जोगाउन इको क्लबका सदस्यले आग्रह गरेका छन् ।
नेपालगन्जको स्प्रिङ डेल ऐकेडेमीको इको क्लबले शुक्रबार बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी क्षेत्रमा फ्लेक्स र प्ले कार्ड बोकेर दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले बाघ र कृष्णसार जोगाए, प्रकृति, जैविक विविधता, वातावरण जोगिएर देशमा आर्थिक समृद्धि हुने भन्दै प्रदर्शन गरेका हुन् । विद्यालयका प्र्रिन्सिपल शरद् चन्द्र रावलका अनुसार इको क्लबका सदस्यले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै वन्यजन्तुको संरक्षणका लागि प्रदर्शन गरेको बताए । उनले भने, ‘इको सिस्टमलाई सन्तुलनमा राख्न पनि बाघ संरक्षण गर्न जरुरी छ । सरकार, नागरिक समाज र समुदायलाई वन्यजन्तुको संरक्षणमा मद्दत मिलोस् भनेर नै इको क्लबले कार्यक्रम आयोजना गरेका हो । इको क्लबले वन र वातावरण जोगाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।’