बाँके निकुञ्जमा अवरोध पन्छाउँदै रोमाञ्चक सफारी (फोटो फिचर)

ढकेरी (बाँके) : बाँके राष्ट्रिय निकुञ्जमा बुधबार फायर लाइनमा भएको अवरोध हटाउँदै रोमाञ्चक गाडी सफारी गरिएको छ ।
वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्ज कार्यालयले पत्रकार र संरक्षणकर्मीका लागि गाडीमा जंगल सफारी गराएको थियो । अगैयाबाट बुच्चापुरसम्मको सफारीमा फायर लाइनमा ढलेका रुख, हाँगा, ढुंगा पन्छाउँदै यात्रा भएको थियो । सफारीको क्रममा चित्तलको बथान, जरायो, चौका, बाँदर भेटिएका थिए । निकुञ्जका प्रमुख श्यामकुमार शाहले अवलोकनका क्रममा निकुञ्जको व्यवस्थापन र वन्यजन्तुको अवस्थाबारे जानकारी गराएका थिए । निकुञ्जभित्र ठाउँ ठाउँमा मचान राखेर पर्यटकलाई हेर्ने ठाउँ बनाइएको छ । वन्यजन्तुलाई पानीका लागि सोलार सिस्टमका पानीका पोखरी निर्माण गरिएको छ ।