सामाजिक सञ्जालका वालभरी आमाका फोटोहरु

नेपालगन्ज : वैशाख कृष्ण औँसी अर्थात आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । मीठा परिकार र उपहार दिएर जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिने प्रचलन छ ।

विश्वभरका नेपालीले बिहीबार बिहानैदेखि सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, टिकटकलगायत)मा आमाका फोटो राखेर आमालाई सम्झेका छन् । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हिन्दुधर्म शास्त्रमा जन्मदिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला मानिएको छ ।