‘फोटो अफ दि इअर’को उपाधि राजबहादुरको फोटोलाई

नेपालगन्ज : मुगुका राजबहादुर शाहीले खिचेको फोटोले ‘फोटो अफ दि इअर’को उपाधि जितेको छ ।
अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा नेपालगन्जमा आयोजना गरिएको तेस्रो नेपालगन्ज फोटो फेस्टिबलमा शाहीको एग्रीकल्चर विधामामा मुगुको छायानाथ रारा नगरपालिकास्थित ताल्च गाउँकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गरेको फोटोले ‘फोटो अफ दि इअर’को उपाधि जितेको हो ।

शाहीले नगद २५ हजार पाँच सय पचपन्न रुपैया पुरस्कार पनि जिते । शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि विधातर्फ उत्कृष्ठ हुन सफल भयो ।
समाचार फोटोमा अंगद ढकालको मोतीबिन्दुको शल्यक्रिया गरेर पाँच वर्षपछि पुन आँखा देख्न पाएका रामेछाप भतौलिका ८० वर्षिय रुद्रलाल तामाङ डाक्टर सन्दुक रुइतको नाक छोएको ले खिचेको फोटो उत्कृष्ठ भयो । ढकालले नै खिचेको फोटो नेपाल स्माइलमा उत्कृष्ठ भयो । यसैगरी बबी साईको पोखरामा बराहा भैरव नाचको तस्बिरले कल्चर विधा, मनोज पौडेलको तस्बिर डेलि लाइफमा, नेचर एण्ड कन्जरभेसनमा श्रीराम खत्री, सत्यम जोशीको तस्बिर स्पोटस् विधामा, टुरिज्म विधामा सिर्जना ओलीको तस्बिर उत्कृष्ठ भयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटो पत्रकार विकास कार्की, फोटो पत्रकार क्लबका अध्यक्ष श्रृति श्रेष्ठ र बरिष्ठ फोटोग्राफर रमेश मल्ल रहेको निर्णायक समितिले उत्कृष्ठ फोटोहरुको छनोट गरेको थियो । प्रत्येक विधाको उत्कृष्ठ फोटोलाई नगद ५ हजारको पुरस्कार राशी रहेको छ ।
फोटो फेस्टिबलको शुक्रबार बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले शुभारम्भ गरेका हुन् । नेपालगन्जको होटल बाटिकामा फोटो फेस्टिबल शुक्रबार र शनिबार २ दिनसम्म चल्नेछ । आठ विधामा आएकामध्ये ११५ उत्कृष्ठ फोटोहरु प्रर्दशनीमा राखिएका छन् ।

\