‘पत्रकार महासंघको सदस्य शुद्धिकरण गरौं’
नेपालगन्ज : नेपाल पत्रकार महासंघको सदस्य शुद्धिकरण गर्न बाँकेका पत्रकारले जोड दिएका छन् ।
प्रेस चौतारी बाँकेको १५औं साधारणसभामो बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रको गरीमा र मर्यादा जोगाउन पनि पत्रकारलाई मात्र पत्रकार महासंघको सदस्यता दिनुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अथिति प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले महासंघले सदस्य शुद्धिकरण गर्नुपर्ने माग चौतारीको भएकाले एउटै मापदण्ड पालना गर्दै सदस्यता नविकरण र नयाँ सदस्यता दिनुपर्ने बताए ।
प्रेस चौतारी बाँके शाखा अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा एमाले केन्द्रीय सदस्य मो.हारुन, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारी लुम्बिनी प्रदेश महासचिव निरु गौतम, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी, एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तिलक गाउँले, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, चौतारी बाँके उपाध्यक्ष विनोद भट्टराई लगायतले साधारणसभाको सफलताको कामना गरेका थिए ।
८ अग्रज पत्रकारलाई सम्मान
वार्षिक साधारण सभाको अवसरमा प्रेस चौतारी नेपाल बाँकेले अग्रज पत्रकारलाई सम्मान गरेको थियो । पत्रकार गणेश जिसी, लियाकत अलि, पूर्णलाल चुके, झलक गैरे, सिर्जना आचार्य, अजय गुप्ता, बब्लु खान र गुरुमुरत (जिएम) यादवलाई दोसल्ला र कदर पत्रले सम्मान गरेको हो । साधारणसभा समापनको अवसरमा १० बुँदे नेपालगन्ज घोषणा पत्र जारी गरिएको थियो ।
प्रेस चौतारी नेपालगन्ज घोषणापत्र
प्रेस चौतारी नेपाल बाँके शाखाको २०८० बैशाख १७ गते नेपालगन्जमा सम्पन्न १५ औं साधारणसभामा पत्रकारिताक्षेत्रको बृहत्तरहित र संगठन सुदृढीकरणका बिषयमा गहन छलफल भयो । सचिव,कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै यो साधारणसभाले उल्लेखित १० बुँदे घोषणापत्र जारी गर्दछ ।
१. लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने ज्ञात अज्ञात सहिदप्रति श्रद्धासुमन सहित सम्मान गर्दछ ।
२. प्रेस चौतारी नेपालको माग र दबाबपछि नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि जारी गरेको कार्यविधिलाई स्वागत गर्दै, यसको अक्षरसस् कार्यान्वयनका लागि जोडदार माग गर्दछौं ।
३. आमसन्चारको विकास हुनेगरि बाँकेका सबै स्थानीयतहका सरकारलाई जवाफदेही बन्न अनुरोध गर्दछ । प्रेस तथा आमसञ्चारसंग सम्बन्धित कानुन निर्माण गर्दा प्रेस चौतारीसंग समन्वय र सहकार्य गर्न आग्रह गर्दछ । साथै, प्रेस तथा सन्चारक्षेत्रका नाममा गरिएका लगानी पारदर्शी र विधिसम्मत गर्न आह्वान गर्दछ ।
४. सन्चारमाध्यमको हितका लागि नियमित लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले वितरणका लागि आह्वान गर्दछ ।
५. पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महांसघ र सम्बद्ध निकायहरूलाई श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन यो सभा आह्वान गर्दछ।
६. नेपाल पत्रकार महांसघको सदस्यता वितरण एवम् स्थानान्तरणमा नियम विपरीत नगर्न, राजनीतिक आग्रह पुर्वाग्रह नराख्न ध्यानाकर्षण गराउँदछौं । कथमकदाचित यो ध्यानाकर्षण विरुद्ध कुनै कार्य हुन गए प्रतिरोधमा उत्रन बाध्य हुने चेतावनी दिन्छौं ।
७. प्रेस तथा स्वतन्त्रता विरुद्ध धावा बोल्ने, विभिन्न नाममा जनताले प्राप्त गरेको अधिकार उल्टाउने पक्षसंग सदैब सचेत र सजग पत्रकार एवं आमजनसमुदायमा अपिल गर्दछ ।
८. पत्रकारमाथी भईरहेका धाकधम्की, आक्रमण, पत्रकार महिलामाथि हुने गरेका हतोत्साहिपुर्ण ब्यबहार बन्द गर्न आह्वान गर्दै पत्रकारको पेसागत तथा व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्न यो सभा जोडदार माग गर्दछ।
९. क्षमातावान महिलाहरुलाइई सन्चारगृह, पेशागत संघ संगठन, पत्रकार महासंघ लगायतका स्थानहरूमा क्षमता अनुसारको उपयुक्त जिम्मेवारी प्रदान गर्न सम्पूर्ण संघसंगठनका अध्यक्ष तथा सम्पादकरप्रकाशकहरुमा यो सभा आह्वान गर्दछ ।
१०. प्रेस चौतारी बाँकेको १५ औं साधारणसभाका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष गणेश बस्नेत,नेकपा एमालेका केन्द्रीय सदस्य मोहमद हारुन हल्वाई, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्य, नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी,लुम्बिनी प्रदेश
सह(इन्चार्ज रुद्र सुवेदी,टीका बस्नेत,बाँके इन्चार्ज भेषराज बस्नेत,लुम्बिनी प्रदेश महासचिव निरु गौतम लगायत केन्द्रीय सदस्य तथा आयोग पदाधिकारी,प्रदेश पदाधिकारी तथा सदस्य,पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, अग्रज पत्रकार, पत्रकार सम्बद्ध बिभिन्न संघसंगठनका प्रमुख सहित सम्पूर्ण अतिथीलाई धन्यवाद ज्ञापन गर्दै यो साधारणसभा पुरस्कृत एवं सम्मानित हुनुहुने सबैलाई हार्दिक बधाई
साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने नेपालगन्ज उद्योग बाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्दछ ।