…यस्तो भयो पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन (फोटो फिचर)

नेपालगन्ज : नागरिक अभिनन्दन मूल समारोह समिति नेपालगन्जले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालगन्जमा नागरिक अभिनन्दन गरेको छ ।
नेपालगन्जको रामलीला मैदानमा बुधबार अपरान्ह अभिनन्दन गरिएको थियो । यद्यपि समारोहमा सहभागी हुन दिउँसोदेखि नै समर्थकहरु भेला भइसकेका थिए । स्वागत गर्ने र स्वयं सेवकहरुलाई भ्याइ नभ्याइ थियो । तीन बजे अभिनन्दन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि सवा चार बजेपछि मात्र पूर्वराजा ज्ञानेन्द्र स परिवार समारोहमा उपस्थित भएका थिए । जीएस लेखिएको मास्क लगाएर ज्ञानेन्द्र उत्तरको मूलद्वारबाट र पूर्वरानी कोमल, बुहारी हिमानीलगायतका परिवारका अन्य सदस्य पूर्वी द्वारबाट पुष्प गुच्छाको स्वागत ग्रहण गर्दै प्रवेश गरेका थिए ।