भेरीका सुत्केरीलाई पौष्टिक आहार वितरण
नेपालगन्ज : नेकपा निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) बाँकेले भेरी अस्पतालका सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको छ ।
पाँचौ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मंगलबार अस्पतालका ५१ जना सुत्केरी महिलालाई पौष्टिक आहारमा ओखर, सख्खर, छोकडा र स्याउ वितरण गरेको हो ।
संघ बाँकेका कार्यवाहक अध्यक्ष मीना सुवेदी ढकालको संयोजकत्वमा अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, केन्द्रीय सदस्य सुनिता तिवारी लगायत संघमा आवद्ध महिलाले सहभागिता रहेको थियो ।