यादव समाजको केन्द्रीय अध्यक्षमा सूर्यलाल

नेपालगन्ज : यादव समाज सेवा केन्द्र केन्द्रीय समितिको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित भएका छन् ।
समाजको शनिबार बाँकेमा सम्पन्न तेस्रो महाधिवेशनले यादवको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा विमला यादव र हेमराज यादव, महासचिव देवराज यादव, सचिव रमेशकुमार यादव र कोषाध्यक्ष रमेशकुमार यादव निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा लवकुश यादव, मनोज यादव, श्यामा यादव, देवानन्द यादव, गोविन्द यादव, देवफल यादव, राम समुझ यादव, वीरेन्द्रकुमार यादव र शीलम यादव निर्वाचित भएका हुुन् । अधिवेशनमा समाजमा योगदान गर्ने पूर्व कार्य समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।