ठाकुरबाबामा उपचारात्मक शिक्षण विधिबारे शिक्षकहरुका लागि अभिमुखिकरण

भुरिगाउँ : बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा उपचारात्मक शिक्षण विधिबारे शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वी ग्रुप) बाँकेको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत शैक्षिक अवस्था कमजोर भएका बालबालिकाहरुका लागि पढाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र सबै विद्यार्थीहरुलाई एकै तहमा ल्याउनका लागि कसरी शिक्षण गर्न सकिन्छ भन्ने विषयमा वृहत रुपमा छलपmल गरिएको थियो ।
पछिल्लो समयमा कोभिडका कारण विद्याथीहरुको पढाईमा केही मात्रामा असर परेको छ । बालबालिकाहरुका लागि समता र समानतामुलक नीति कायम गरी सबै बालबालिकाहरुमा समान शिक्षाको पहुच पु¥याउनका लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने भएकाले विशेष गरी सामाजिक, गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षहरुलाई अभ्यास सहित अभिमुखिकरण तालिम संचालन गरिएको वी ग्रुप बर्दियाका फिल्ड सुपरभाइजर विमला रावतले जानकारी दिइन् ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, शिक्षा शाखा प्रमुख सीता भण्डारी विभिन्न वडाका माध्यामिक, निम्न माध्यामिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको र कार्यक्रम सचालन ठाकुरबाबा नगरपालिकाका शिक्षा सुपरीवेक्षकद्वय नन्दराम अधिकारी र नवराज ढुङ्गानाले गरेका थिए ।
त्यसैगरी वी ग्रुप बाँकेको तर्फबाट अध्यक्ष टेकबहादुर पुन, कार्यकारी निर्देशक डम्मर सुनार, कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्याय, प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल र उपप्रमुख विनाकुमारी भट्टराईको सहभागितामा सम्पन्न भएको थियो ।