सामुदायिक भवन निर्माणमा जुटे निहालपुरवासी

सुदीप दहित । राजापुर
बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ निहालपुरमा सामुदायिक भवन बनाउन पहल सुरु भएको छ ।
बडघर ओमप्रकाश चौधरीको अध्यक्षतामा बुधबार बसेको बैठकले जीर्ण अवस्थामा रहेको सामुदायिक भवनको सट्टा नयाँ भवन निर्माण गर्न पहल थालिएको हो । राजापुर ५ का वडाध्यक्ष रमेश दहितले सामुदायिक भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरिने बताएका थिए ।
निहालपुरमा सामुदायिक भवन निर्माण भएमा सामुदायिक संघसंस्थाको बैैठक, कार्यक्रम सञ्चालन, बालबालिकालाई खोप लगाउन, पोलियो थोेपा, भिटामिन ए लगायतका कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ ।