रारातालको किनारमा अल्ट्रादौड सम्बन्धी तालिम

विश्व प्रसिद्ध धाविका मीरा राई राराताल किनारमा बालबालिकालाई अल्ट्रा दौड सम्बन्धी प्रशिक्षण दिँदै । फोटोहरु : समीरमान श्रेष्ठ /नेपालगन्ज ग्यालरी

गमगढी (मुगु) : मुगुको राराताल किनारमा दुई दिने अल्ट्रा दौड सम्बन्धी तालिम दिइएको छ ।
अन्तराल मिडिया, नेपालगन्जको आयोजना तथा मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाको सहयोगमा आयोजित रारा समिटको अवसरमा विश्व प्रसिद्ध धाविका मीरा राईले स्थानीय ५० भन्दा बढी बालबालिकालाई अल्ट्रा दौड सम्बन्धी दुई दिने विशेष प्रशिक्षण दिएकी हुन् ।

अन्तराल मिडियाले आगामी असोजमा महिनामा रारा ताल किनारमा आयोजना गर्न लागेको रारा म्याराथनको तयारी स्वरुप यो दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गरिएको अन्तराल मिडियाका कार्यकारी अध्यक्ष जयनारायण शाहले बताए ।