एसओएस अन्तर्राष्ट्रिय दिवसमा ३५ जनाद्वारा रक्तदान

नेपालगन्ज : एसओएसले ३७औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार नेपालगन्जमा ३५ जनाले रक्तदान गरेका छन् ।
एसओएस युवालय नेपालगन्जले नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखा, जनमत अद्र्धसाप्ताहिकको संयोजनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पुरुष र ४ महिलाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम विश्वास, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाकी अध्यक्ष दिला शाहले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखा सदस्य होमराज गिरीलाई हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेका थिए ।

गरिएको रक्तदान कार्यक्रममा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशकद्वय लक्ष्मण कार्की, मीनाकुमारी भुसाल (तुलाधर), नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा राप्तीसोनारीकी अध्यक्ष दिव्या गुरुङ्ग, श्यामबहादुर थारु, विकास शाही, दीपेन्द्र शाही, हिमबहादुर ओली, कृष्णप्रसाद खत्री, मनोज चौधरी, हमीद हुसेन अन्सारी, प्रतिक चन्द, सद्दाद हुसेन दर्जी, कमल बोहरा, रमन ढुंगाना, नियमित स्वयंसेवी रक्तदाता लक्ष्मणकुमार बैश्य, राजेन्द्र लोध, सुन्दर परियार, हंशराज वर्मा, सरोज मरासैनी, योगराज चौधरी (योगेश), अञ्जली ओली, विजय थारु, कालुराम चौधरी, मोहम्मद आदिल साई, पुष्करकुमार जरवट, सावन थारु, मीरा थारु, बिष्णु ओली, सुरज ओली, चन्द्रबहादुर चौधरी, वासुदेव चौधरी, सुरज लामा, गणेश जिएम, झग्गु प्रसाद, पे्रम कार्कीले रक्तदान गरेका थिए ।