राजापुरको बरघर* परम्परालाई कानुनी रुपमा संरक्षण गर्न दवाब

जोतपुर (बर्दिया) : थारु जातिमा रहेको बरघर परम्परालाई कानुनी रुपमा संरक्षण गर्न दवाब दिन बर्दियाको राजापुर नगरपालिकाका बरघरहरुले सामूहिक प्रयास गर्ने भएका छन् ।
युनिक नेपाल बर्दियाले मंगलबार राजापुर नगरपालिका वडा नं. २ जोतपुरमा आयोजना गरेको बरघरका लागि क्षमता विकास कार्यशालामा सहभागी झन्डै चार दर्जन बरघरले बरघर ऐनलाई राजपत्रमा प्रकाशन गर्न र बरघर समिति दर्ता गर्नका लागि सबै बरघरहरु असार २५ गते राजापुर नगरपालिकामा डेलिगेशन जाने निर्णय गरेका हुन् ।

युनिक नेपालका कार्यकारी अध्यक्ष प्रिमबहादुर थारुको अध्यक्षतामा सम्पन्न कार्यशालामा पूर्वमन्त्री तथा थारु संस्कृतिविद् डा. गोपाल दहितले सामाजिक विकासमा बरघरको भूमिका, बरघर ऐन र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । मीनराज चौधरीले बैठक माइनुट, हिसाब किताब राख्ने विधि, दर्ता चलानी, कार्यालय व्यवस्थापनको बारेमा सहजीकरण गरेका थिए । प्रस्तावको अवधारणाबारे जगतराम थारुले जानकारी गराएका थिए ।

युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले अनुगमन, अनुगमनको उद्देश्य, विधि, ध्यान दिनु गर्नुपर्ने कुराबारे सहजीकरण गरेका थिइ । कार्यशालामा राजापुर नगरपालिकाको विभिन्न वडाबाट ५० जना बरघरको सहभागिता रहेको को थियो । * बरघर शब्द सच्चाइएको