बालविवाह न्यूनिकरण परियोजनाले बनाइदियो बारबर्दियाको जनशक्ति विद्यालयमा हातेधुने स्थान

वनघुस्री (बर्दिया) : बालविवाह न्यूनिकरण परियोजनाले बारबर्दियाको जनशक्ति आधारभूत विद्यालयमा तीन लाख रुपैयाँको लागतमा हातेधुने स्थान निर्माण गरेर हस्तान्तरण गरेको छ ।
बी ग्रुप तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालविवाह परियोजनाले बर्दियको बारर्दिया नगरपालिका वडा नं ५ वनधुस्रीको जनशक्ति आधारभूत बिद्यालयमा सरसफाइ तथा शुद्ध खानेपानीका लागि हातधुत स्थान (हेनवासिंग स्टेशन) निर्माण गरी मंगलबार नगर उपप्रमुख रत्नाकुमारी पाण्डेलाई हस्तान्तरण गरेको हो । हात धुने स्थान निर्माण गर्न परियोजनाले ३ लाख ९३ लाख ८२५ रुपैयाँ खर्च भएको हो ।