लायन्स क्लब इन्नोभेटिभद्वारा शिक्षा अक्षयकोष स्थापना

नेपालगन्ज : लायन्स क्लब अफ इन्नोभेटिभ नेपालगन्जले शिक्षा अक्षयकोष स्थापना गरेको छ ।
कोष स्थापना गर्न क्लबले गत वर्ष देउसी भैलो खेलेको रकममा सदस्यले संकलन गरेको रकम थपेर अहिले एक लाख पचास हजार रुपैयाँको अक्षय कोष स्थापना गरेको क्लबका अध्यक्ष विष्णु खनालले जानकारी दिए । उनले भने, ‘यो कोष कम्तीमा पनि पाँच लाख रुपैयाँको बनाउने लक्ष्य छ । कोषमा नेपालगन्जको पायनियर बचत तथा ऋण सहकारी संस्थाले पनि २५ हजार रुपैयाँ सहयोग गरेको छ ।’ अक्षयकोषको ब्याजबाट हरेक वर्ष बाँकेका गरिब/जेहेन्दार विद्यार्थीको पढाइ लेखाइमा सहयोग गर्ने क्लबको योजना रहेको खनाल बताउँछन् ।


बुधबार नेपालगन्जमा कार्यक्रम आयोजना गरेर क्लबका अध्यक्ष विष्णु खनालले २०२३/०२४ का लागि नवनिर्वाचित अध्यक्ष सुशीला चन्द, सचिव मीना तुलाधर र कोषाध्यक्षमा शोभा श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर मुकुट ढकाल, फस्ट लेडी मीना ढकाल, सेकेन्ड भीडीइजी ज्ञानेन्द्र श्रेष्ठ, सेक्रेटरी उमा थापा मगर लगायतको सहभागिता रहेको थियो ।