हरिशयनी एकादशी : तुलसीको बिरुवा रोप्नु भो त ?

नेपालगन्ज : हिन्दु धर्मालम्बीहरुले बिहीबार हरिशयनी एकादशीको अवसरमा घर, आँगन तथा मठमा तुलसीको बिरुवा रोप्दैछन् । प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखिन्छ भने आषाढ शुक्ल एकादशीका दिन मठमा रोपिन्छ ।

तुलसीलाई भगवान् विष्णुको प्रतीकको रूपमा लिइन्छ । आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन उत्सर्जन गर्छ । आर्युवेदमा तुलसी बहुउपयोगी बनस्पती हो । औषधिका रुपमा समेत उपयोगी गरिन्छ ।
तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धिकरण गर्छ ।