सोनाहालाई लोपोन्मुख सूचीमा राख्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रकाश विश्वकर्माराजापुर
राजापुर नगरपालिकाले सोनाहा जातिलाई अति अल्पसंख्यक लोपोन्मुख जातिमा सूचीकृत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
राजापुरका नगर प्रमुख दिपेश थारु नेतृत्वको टोलीले मंगलबार काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर नेपालमा एक हजार २०० जनसंख्या भएको अति अल्पसंख्यक लोपोन्मुख सोनाहा जातिलाई छुट्टै सूचीकृत गराइ राज्यबाट पाउने सबै सेवा सुविधा उपलब्ध गराउन माग गरेको हो ।
सोनाह जाति सबैभन्दा धेरै राजापुरमा नगरपालिकामा रहेको, उनीहरुको जीवनयापनका लागि प्रमुख पुर्खौली पेशा सुन चाल्ने र माछा मार्ने रहेको तर सुन चाल्ने र माछा मार्ने क्षेत्र सरकार र निकुञ्जले संरक्षित क्षेत्र भनी प्रतिबन्ध लगाएको हुँदा पेशा संकटमा परेको नगर प्रमुख थारुले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।
विगत लामो समयदेखि आफ्नो पहिचानको खोजिका लागि संघर्ष गर्दै आएका नेपालका सोनाहा जातिहरूको आफ्नै सांस्कृतिक, सामाजिक पहिचान हुँदाहुँदै पनि आदिवासी जनजातिमा सूचिकृत नहुँदा विकासका हरेक क्षेत्रमा पछाडि परेका छन् । नेपाल सरकारको एक प्रमुख अंगको रूपमा रहेको सम्माननीय सर्वोच्च अदालतले नेपाल जनजाति उत्थान प्रतिष्ठानलाई मिति २०७२ र८र१६ गते को फैलासामा लोपोन्मुख अवस्थामा रहेका सोनाहा समुदायलाई अबिलम्ब आवश्यक प्रकृया पुरा गरी अनुसूचीमा छुट भएको जातिको रूपमा समावेश गरी आदिवासी जनजाति उत्थान राष्ट्रीय प्रतिष्ठान ऐन २०५८ को दफा २ क सँग सम्बन्धित अनुसुचिमा सूचिकरण गर्न भनि विपक्षी नेपाल सरकार मन्त्रिपरिषदको नाममा परमादेश जारी गरिकोमा हालसम्म पनि कुनै कार्यन्वयन नभएकोले पटक पटक यसरी पहिचानको लागि संघर्ष गर्नु पर्दाको पीडा केवल आफूहरुलाई थाहा भएको भन्दै बर्दियाको राजापुर नगरपालिका वडा नंः १ मा बसोबास गर्दै आएका सोनाहा जातिहरुले सूचिकृतको माग राखेर लामो समयसम्म संघर्ष गरिरहेको अवस्थामा नगर प्रमुख दिपेश थारुको सहयोगमा प्रधानमन्त्री समक्ष आफ्नो हक अधिकारको माग राख्दै ज्ञापन पत्र बुझान पाउँदा खुसि भएको भन्दै नगर प्रमुखसहितको टोलि लगाएत सहयोग गर्ने सम्पूर्णलाई सोनाह विकास समितिका अध्यक्ष शान्ति सोनाहले धन्यवाद दिएकी छन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सोनाहालाई अति अल्पसंख्यक लोपोन्मुख जातिमा सूचीकृत गर्न पहल गर्ने आश्वासन दिएका थिए ।