नगरसभाबाट नेपालगन्जको नीति तथा कार्यक्रम र बजेट पारित
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।
नगरसभाको १३औं अधिवेशनको शनिबार डाकिएको दोस्रो वैठकले नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत् रुपमा पारित गरेको हो । असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका थिए ।