कपास विकास समिति पुनः सञ्चालन गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीले पैरवी गर्दै

नेपालगन्ज : नेपाल सरकारले खारेज गरेको कपास विकास समितिलाई पुनः सञ्चालनका लागि दवाब दिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पैरवी गर्ने भएको छ ।
पार्टीको बाँके जिल्ला संगठन समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी कपास विकास फारमलाई सञ्चालन गर्न विशेष अभियान गर्ने जानकारी गराएको हो ।

सरकारले कपास विकास समिति खारेज गरेसँगै समितिको स्वामित्वको जग्गा र भौतिक संरचना अलपत्र पर्नेछन् । बाँके, बर्दिया र दाङका कपास खेती गर्ने किसान मारमा पर्नेछन् ।
पत्रकार सम्मेलनमा सिक्टा सिँचाइ लगायत अन्य विकास निर्माण तथा आयोजनमा भएका भ्रष्टाचारको छानबिन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न दवाब सिर्जना गर्ने लगायतका कार्यक्रम गर्ने पनि पार्टीका संयोजक विशालले जानकारी दिए ।