मुक्त कमैयाको समस्या समाधानमा तीन तहकै सरकार गम्भीर बनौं
डिल्लीबहादुर चौधरी
आज कमैया मुक्ति दिवस । जमिन्दारको घरमा बस्ने कमैयाहरु मुक्त घोषणा भएको दिन । विक्रम संवत २०५७ साल साउन २ मा नेपाल सरकारले कमैयाको नामबाट प्रत्यक्ष वा अप्रत्यक्ष वा कुनै पनि तरिकाले असहाय तथा अशिक्षित श्रमिकलाई काममा लगाउनु पूर्णतः गैरकानुनी घोषित गरि कमैया मुक्तिको उद्घोष गरेको थियो । त्यहि दिनलाई मुक्तिको दिनको रुपमा मनाउँदै आइएको छ ।
सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ (दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर) जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए । सरकारका विभिन्न प्रयास भए पनि मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २३ वर्षको लक्का जवान भइसक्दा समेत साढे २७ हजार मुक्त कमैया परिवारका लाखौ जनाको व्यवस्थापन र पुुनस्र्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा म संवेदनशील समेत भएको छु । तसर्थ उहाँहरुको पुनस्र्थापन र व्यवस्थापनको पक्षमा सबै एक भएर थप लागि पर्ने अवस्था आएको छ ।
कमैया आन्दोलनको प्रभावले तत्कालीन अवस्थामा सहयोग गर्नुहुने पूर्वप्रधानमन्त्री, राजनीतिक शीर्ष नेतृत्व, मन्त्रीहरु, आन्दोलन सफल बनाउन अग्रणी भूमिका खेल्ले आमसञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालीन अवस्थामा सहयोग गर्ने मार्टिन चौतारी लगायतका संघ सस्थाहरु प्रतिको सहयोग स्मरण गर्दै आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहान्छु । उक्त आन्दोलनको अभिभावकत्व ग्रहंण गरी आन्दोलनमा समेत सहभागी भइ सफल बनाउन सहयोग पु¥याउने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति कृतज्ञता व्यक्त गर्दछु ।
यो अवसरमा कमैया आन्दोलनका अगुवा पहिलो विद्रोही नेता राजदेव चौधरीलाई स्मरण गर्दै समन्ययकर्ता दमननाथ ढुङगाना र पद्मरत्न तुलाधरको योगदानलाई सम्झना चाहान्छु । आज २३ वर्षपछि कति मुक्त कमैयाको पुनस्र्थापना भयो ? कतिको पुनस्र्थापना हुन बाँकी छ ? बाँकीको पुनस्र्थापनाका लागि के हुँदैछ ? यी प्रश्नहरु जगजायर छन । ती समस्या समाधानका लागि तीनै तहका सरकार अझै पनि गम्भीर हुनु पर्छ । लुम्बिनी प्रदेश सरकार यसमा पूर्ण रुपमा गम्भीर छ । आजको दिनले मुक्त कमैयामा उत्साह, उर्जा र श्रृजनशीलता बढाउन थप प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा सहित मुक्त कमैयाहरुलाई स्वरोजगार बनाउने, उनीहरुको उत्पादन र सीपलाई बजारसम्म पु¥याउने अभियानमा कमैया आन्दोलनको अभियान्ताको हैसियतलेसँँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु । (लुम्बिनी प्रदेशका मुख्यमन्त्री चा्रैधरीले कमैंया मुक्ति दिवसका अवसरमा दिएको शुभकामना सन्देश)