बी-ग्रुपले बनायो मधुवनका स्कुलमा अपाङ्गमैत्री शौचालय
दशरथवस्ती (बर्दिया) : भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) नेपालगन्जले बर्र्दियाको मधुवन नगरपालिकाको सामुदायिक विद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ ।
मधुवन नगरपालिका वडा नं. ७, दशरथवस्तीमा मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गरेको अपाङ्गमैत्री, बालमैत्री तथा लैङ्गिक मैत्री पक्की शौचालय मधुवनका नगर प्रमुख तेजबहादुर भाटलाई बुुधबार हस्तान्तरण गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल र बी–ग्रुप बाँकेको साझेदारी तथा मधुवन नगरपालीका शिक्षा,युवा खेलकुद शाखाको समन्वय तथा सहयोगमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजनामार्फत ११ लाख ९७ हजार, ४५७ रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको परियोजनाका प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, विद्यालयमा नियमितता,र महिनावारी भएको अबस्थामा बिद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धी मा वृद्दि भएको पाउनुका साथै विद्यालयमा बालबालिकाहरु नियमित भइ रहने र बालिकाहरु बालविवाहको पर्नसक्ने जोखिम न्यूनिकरण हुने अपेक्षा वक्ताहरुले आफ्नो भनाइ राखेका थिए ।