नेपालगन्जमा खुल्यो, अन्तर्राष्ट्रिय स्तरको सिनेमा हल ‘सिनेरोयल’

नेपालगन्ज : बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय मापदण्डको तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल ‘सिनेरोयल’ सञ्चालनमा आएको छ । ३ वटा हलमा ५६० सीट छन् ।
वेष्टर्न हस्पिटलका डा. राहुल थापाले २५ करोड रुपैयाँको लागतमा सिनेरोयलको निर्माण गरेका हुन् ।

वेष्टर्न हस्पिटलका डा. राहुल थापाले २५ करोड रुपैयाँको लागतमा सिनेरोयलको निर्माण गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका–१० सुर्खेत रोडस्थित सिनेरोयलको सिनेमा हलका संरक्षकद्वय डा. थापाका बुबा बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद न्यौपाने र माता बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापाले बिहीबार शुभारम्भ गरे । ‘नेपालगन्ज र लुम्बिनी प्रदेशका लागि मात्र होइन, नेपालकै लागि गौरवको प्रोजेक्ट हो । अन्तर्राष्ट्रिय मापदण्डको लक्जरी सिनेमा थिएटर बनेको छ । यसले भारतीय सिनेमा प्रेमीलाई पनि आकर्षित गरेर पर्यटन क्षेत्रमा बढावा दिनेछ हामीलाई विश्वास छ’, हलका प्रबन्ध निर्देशक रहेका डा. थापाले भने, ‘अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।’

संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ ।

नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्ने कार्यक्रममा चलचित्र भवन निर्माणका टिम लिडर किरण ढकालले दाबी गरे ।

सिनेमा हल शुभारम्भ कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणा, एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता तथा संघको समावेशी प्यानलबाट अध्यक्षका प्रत्यासी टंक धामी, प्रर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ. भारतीय पत्रकार मणिराम शर्मा लगायतले सिनेमा घरको सफलताको कामना गरेका थिए ।

        

 

 

 

 

 

सिनेमा घर शुभारम्भ कार्यक्रमपछि अतिथिहरुलाई लिम्बु समुदायमा रहेको जारी प्रथामा आधारित दयाहाङ राई र मिरुना मगरद्वारा अभिनित नेपाली कथानक चलचित्र जारी प्रदर्शन गरिएको थियो ।