चिकित्सा शिक्षालयहरु आन्दोलित

नेपालगन्ज : राष्ट्रिय चिकित्सा शिक्षा ऐनको व्यवस्थाविरुद्ध देशभरीका चिकित्सा शिक्षालयहरु आन्दोलित भएका छन् ।
चिकित्सा शिक्षा संर्घष समिति र चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आगामी साउन २७ गतेदेखि आन्दोेलन गर्ने चेतावनी दिएका हुन् ।
कार्यक्रममा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालका केन्द्रीय सदस्य संजय सिंहले सरकारी नीतिका कारण बर्सेनि करोडौं रुपैयाँ विदेशमा गइरहेको भन्दै सरकारसँग ऐन संशोधन गर्न माग गरे । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७४ ले स्टाफ नर्स र स्नातक तहको नसिंग कार्यक्रम सञ्चालन गर्न शिक्षालयले २ वर्षभित्र एक सय शैयाको आफ्नै अस्पताल बनाउनु पर्ने व्यवस्था गरेको छ । यो प्रावधानका कारण स्टाफ नर्सका ७३, प्रि डिप्लोेमा तहका १३७, बीएनका १०, बीएस्सी र्निर्र्संगका ८ गरी देशभर २२८ शिक्षण संस्थाहरु बन्द भइसकेको आन्दोलनकारीहरुले बताएका छन् ।