यस्ता विशेषताका छन्, समावेशीका प्रतिष्पर्धी उम्मेदवारहरु

नेपालगन्ज उद्योग वाणिज्य संघमा समावेशी प्यानलबाट बनेका उम्मेदवारहरु

नेपालगन्ज : समावेशी प्यानलले नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनमा उद्योग, व्यापार र वाणिज्य सबै क्षेत्रका अनुभवी र नयाँ पुस्तालाई प्रतिनिधित्व गराएको जनाएको छ ।
समावेशी प्यानल निर्वाचन परिचालन समितिका संयोजक ईश्वरप्रसाद पोखरेल समावेशीले १७ ‘स’को प्रतिबद्धता सार्वजनिक गर्दै सानादेखि ठूला व्यापारिक घराना सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी प्यानल साँच्चीकै समावेशी बनेको बताउँछन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा संघका वर्तमान प्रवक्ता टंकबहादुर धामी समावेशीबाट अध्यक्ष पदको उम्मेदवार बनेका छन् । धामीसँग संघमा दुई कार्र्यकाल सदस्य भएर काम गरेको अनुभव छ । २०६० सालदेखि नेपालगन्जमा रेडिमेड व्यवसाय सञ्चालन गरेका धामी कमल इन्टरप्राइजेज, सिद्धिविनायक अर्डर एण्ड सप्लायर्स, मनिष टे«ड लिंक, कमल गार्मेन्ट प्रा.लि., रामारोशन तयारी पोशाक व्यवसाय सञ्चालन गरिरहेका छन् । रामारोशन सहकारीका अध्यक्ष र अछामी सेवा समाजका सल्लाहकार र लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका पूर्वअध्यक्ष हुन् । धामी भन्छन्, ‘समावेशी प्यानल निर्वाचित भएपछि सानादेखि ठूला उद्योगी व्यवसायीलाई अनुभूति हुने गरी काम गर्नेछु ।’

 

 

समावेशी प्यानलको उपाध्यक्ष (वाणिज्य)का उम्मेदवार हुन्, हरिलाल न्यौपाने । न्यौपाने संघको वर्तमान कोषाध्यक्ष हुनु । साढे दुई दशकदेखि व्यवसाय क्षेत्रमा क्रियाशील उनी हार्दिक स्टोेर र श्रीराम स्टोरका प्रोपराइटर पनि हुन् । मदिरा व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष र गुल्मेली सेवा समाजका अध्यक्ष पनि हुन् । लायन्स क्लब अफ सिद्धीविनायकका चाटर्ड अध्यक्ष न्यौपाने नेपाल रेडक्रस सोसाइटी र क्षयरोग निवारण संघको आजीवन सदस्य भएर समाजिक क्षेत्रमा क्रियाशील छन् ।

 

संघको वर्तमान महासचिव चिरञ्जीवी ओेली समावेशी प्यानलबाट उपाध्यक्ष (उद्योग) उम्मेदवार बनेका छन् । नेपालगन्ज पेट प्लाष्ट इन्डष्ट्रिज प्रा.लिका सञ्चालक र ओली ट्रेड लिंकका प्रोपराइटर ओलीको पृष्ठभूमि पत्रकारिता र असल शासन अभियन्ता हो । २०६० सालमा रेडियो भेरी आवाज नेपालगन्जबाट पत्रकारिता सुरु गरेका ओेलीले गरेका रेडियो बहसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनले कोल्ड स्टोर हुँदै मोेबाइलको डिलर सञ्चालन गरेका छन् । २०६६ सालपछि इलेक्ट्रोनिक व्यवसायी भए । नेपालगन्ज इलेक्ट्रोनिक एशोसियसनको संस्थापक महासचिव हुँदै पूर्वअध्यक्ष पनि हुन् । नेपाल मोबाइल वितरक संघको केन्द्रीय उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।

मन्दिरा पाण्डे समावेशी प्यानलको उपाध्यक्ष (महिला)को उम्मेदवार हुन् । पाण्डे संघको कार्य समिति सदस्य हुन् । २०४९ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील उनी त्रिवेणी पुस्तक सदन धम्बाझीको प्रोपराइटर हुन् । पाण्डे खेल क्षेत्रबाट व्यवसायिक क्षेत्रमा लागेकी हुन् । उनी एथलेटिक्स (दौड र ज्याभलिङ थ्रो)को राष्ट्रिय खेलाडी पनि हुन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको पूर्वउपाध्यक्ष र लायन्स क्लब अफ बागेश्वरी पूर्वअध्यक्ष भएर काम गरेको अनुभव छ ।

भीमबहादुर रानाभाट समावेशी प्यानलबाट महासचिव पदका उम्मेदवार हुन् । संघको वर्तमान कार्य समिति सदस्य रानाभाट २०५३ सालदेखि व्यवसायिक क्षेत्रमा निरन्तर क्रियाशील छन् । उनी कालिका इम्पोरियम घरबारी टोल र आरबी सपिङ कम्प्लेक्स न्यूरोडका सञ्चालक हुन् । तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपाल बाँकेको संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा जुमा स्पोट्स क्लब रहेको छ । न्यूरोड टोल सुधार समितिको महासचिव र पूर्वअध्यक्ष, लायन्स क्लब अफ नेपालगन्ज न्यूरोड, बर्दियाली सेवा समाज बाँके अध्यक्ष, भेरी साहित्य समाजका सल्लाहकार, लायन्स ब्लड बैंकका संस्थापक सदस्य, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बीटुकोे जोन चेयर पर्सन भएर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

समावेशी प्यानलबाट मदन राज शर्मा उपमहासचिव पदका उम्मेदवार हुन् । शर्मा बागेश्वरी कम्प्युटर टेक्नोलोजी सप्लायर्स र प्रिन्टर वल्र्ड टे«ेड एण्ड सप्लायर्सको प्रोेपराइटर हुन् । कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) र नेपाल भारत मैत्री संघसँग आबद्ध उनी फुल्टेक्रा माविको सल्लाहकार पनि हुन् । कोेभिडको बेलामा नेपालगन्ज उपमहानगरपालिका, गुरुद्वारा समिति, मानव धर्म सेवा समितिसँग मिलेर खाना र पानी अभियान सञ्चालन गरेका थिए ।
सलाउद्दिन जसगढ समावेशी प्यानलका कोषाध्यक्ष पदको उम्मेदवार हुन् । जसगढ तीन कार्यकालदेखि संघको निरन्तर कार्य समिति सदस्य हुन् । उनी मोहियद्दीन ज्वैलर्सको प्रोपराइटर हुन् । सुन चाँदी व्यवसायी संघ बाँकेको दुई दशकदेखि निर्विरोध अध्यक्ष (चार कार्यकाल) सफल नेतृत्व गरेका छन् । उनी दुई दशकदेखि व्यवसायीको हकहितमा क्रियाशील छन् ।

 

संघको यो निर्वाचनमा सदस्य पदमा एक मात्र महिला उम्मेदवार हुन्, इन्दिरा कुमारी शाही । १५ वर्षदेखि श्रीलक्ष्मी जनरल स्टोर सञ्चालन गरिरहेकी शाही नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघको महिला उपाध्यक्ष पनि हुन् । उनी नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान कार्र्यपालिका सदस्य पनि हुन् । सहयोगी मन बाँकेको अध्यक्ष भएर दुःखी, गरिबलाई सहयोग र सेवा गर्दै आएकी छन् ।

समावेशीबाट तोपबहादुर थापा सदस्य पदका अर्का उम्मेदवार हुन् । २०५१ सालदेखि किराना व्यवसाय सञ्चालन गरेका थापाका करुणा थापा किराना पसल, प्रज्वल कोल्ड स्टोर र सीएसटी होटल एण्ड पार्टी प्यालेस सञ्चालन गरेका छन् । बर्दियाको बढैयातालमा सरस्वती इङ्लिस मिडियम स्कुल सञ्चालन गरेका छन् ।

रेडिमेड व्यवसायी विष्णु श्रेष्ठ पनि समावेशीका सदस्य पदका उम्मेदवार हुन् । दीपक सपिङ कम्प्लेक्स र सुस्ता इम्पेक्सबाट श्रेष्ठले रेडिमेड कपडाको व्यवसाय गर्छन् । रेडिमेड तथा ब्याग व्यवसायी समिति नेपालगन्जको अध्यक्ष पनि हुन् । लियो क्लब, लायन्स क्लब, नेपाल क्षयरोग निवारण संस्था र जुमा स्पोट्स क्लबबाट सामाजिक सेवाको क्षेत्रमा क्रियाशील छन् ।

समावेशीबाट सदस्य पदका उम्मेदवार बुद्धिबहादुर विके पनि हुन् । २०५० सालदेखि सुनचाँदी व्यवसायमा क्रियाशील उनको नेपालगन्जको घरवारी टोलमा न्यू दियाली सुनचाँदी पसल छ । नेपाल सुनचाँदी व्यवसायी संघ बाँकेको २०५२ सालको संस्थापक सदस्य, सचिव र हाल बाँके सुनचाँदी तथा गहना व्यवसायी संघको अध्यक्ष पनि हुुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सभापति हुन् ।

शुुभान्सी सपिङ्ग सेन्टर र सुभानी सपिङ्ग सेन्टरको सञ्चालक सुदन के.सी. पनि समावेशीबाट सदस्य पदका उम्मेदवार हुन् । के.सी. रेडिमेड तथा ब्याग ब्वयवसायी समिति बाँकेका उपमहासचिव र लायन्स क्लब अफ सिनर्जीका सचिव हुन् ।

न्यू ओम इलेक्टिकलका सञ्चालक शिवराज कुर्मी पनि समावेशी प्यानलबाट सदस्य पदका उम्मेदवार हुन् । २०६८ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील कुर्मी तीन कार्यकाल नेपालगन्ज इलेक्टिकल एशोसियसनको सदस्य भएर काम गरेका छन् ।

१५ वर्षदेखि अण्डाको थोक विक्रेता धर्मेन्द्र सिंह ठटेर पनि समावेशीका सदस्य पदका उम्मेदवार हुन् । ठटेरको धर्मेन्द्र ट्रेड एण्ड सप्लायर्स रहेको छ । उनी कुखुरा व्यवसायी संघ दाङका सदस्य पनि हुन् ।

२०६५ सालदेखि नेपालगन्जको एकलैनीमा राप्ती चुडी पसलको सञ्चालन गर्दै आएका जमालुदिन अन्सारी पनि समावेशीबाट सदस्य पदको उम्मेदवार बनेका छन् । अन्सारी रोटरी क्ल अफ नेपालगन्जकोे सदस्य पनि हुन् ।

२०५३ सालदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील टीकामणि उपाध्यायलाई पनि समावेशी प्यानलले सदस्य उम्मेदवार बनाएको छ । बागेश्वरी सप्लायर्स र सुलोचना रेडिमेड घरका उपाध्याय प्रोपराइटर हुन् । रेडिमेड तथा ब्याग व्यवसाय समिति सदस्य हुन् । हिमालयन लाइफ इन्स्युरेन्स कम्पनीको टट टपर हुन ।

मोबाइल व्यवसायी डम्बरबहादुर चन्दलाई पनि समावेशीले सदस्य पदको उम्मेदवार बनाएको छ । महाराजा मोबाइल एण्ड इलेक्टिकल्सका सञ्चालक चन्द नेपालगन्ज इलेक्टिकल्स एशोसियसनका कोषाध्यक्ष हुन् ।

समावेशी प्यानलले एशोसियट सदस्य पदमा सञ्जय कुमार अग्रवाल र कमल कुमार कार्कीलाई उम्मेदवार बनाएको छ । अग्रवाल संघको वर्तमान एशोसियट सदस्य पनि हुन् । २०५६ सालदेखि व्यवसायमा लागेका
उनी जय मंगलम् इन्भेष्टमेन्ट प्रा.लि.को प्रबन्ध निर्देशक हुन् ।

एशोसियट सदस्यका अर्का उम्मेदवार कमल कुमार कार्की धेरै वटा उद्योग र व्यवसायमा संलग्न व्यक्ति हुन् । सिद्धबाबा हार्डवेयर, सिग्नेट कन्स्ट्रक्सन, बागेश्वरी ह्युमपाइप एण्ड विद्युत पोल उद्योेग, शिवशंकर बालुवा एण्ड क्रसिङ इण्डष्ट्रिज, स्टार पोलिपाइप इण्डष्ट्रिज र बागेश्वरी स्टिल स्ट्रक्चर, सिद्धबाबा स्टिल इण्डष्ट्रिज, सिद्धबाबा प्लाष्टिक गरी ८ वटा प्रा.लिको त कार्की अध्यक्ष छन् । जय हनुमान आयल स्टोर कोहलपुर, वेष्टर्न क्रसर इण्डष्ट्रिज कैलाली, स्वर्गद्वारी ह्युमपाइप इण्डष्ट्रिज जनकपुर, भागेश्वर ह्युमपाइप इण्डष्ट्रिज बनेपा र बागेश्वरी ह्युमपाइप प्रा.लि.को प्रबन्धक हुन् । न्यू बागेश्वरी सप्लायर्स नेपालगन्जका प्रोपराइटर हुन् । कैलाली निर्माण व्यवसायी संघमा दुई कार्यकाल सदस्य निर्वाचित भएर काम गरेको अनुभव छ ।

नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेको अध्यक्ष फणाधर भण्डारीलाई समावेशीले सम्बद्ध सदस्यको उम्मेदवार बनाएको छ । २०५८ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सदस्य रहेका भण्डारीले पानी उद्योग सञ्चालन गरेर को सुरुवात ०७३ देखि २०७५ सम्म पानी उद्योग संघ नेपालगन्ज बाँकेको अध्यक्ष बनेका थिए ।
उद्योगी, स्टेशनरी, फेन्सी, कम्प्युटर, सुनचाँदी, हार्डवेयर, किराना, मदिरा व्यवसायी, होटल व्यवसायी, विद्युतीय सामान, मोबाइल, कुखुरा व्यवसायी, चुरा व्यवसायीसम्मको प्रतिनिधित्व गरेकाले समावेशी साँच्चीक समावेशी बनेको प्यानलका प्रकाशन समिति संयोजक कोेषराज रेग्मी बताउँछन् ।