अध्यक्षमा ५३ मतले टंक धामीको अग्रता, सदस्यमा पनि समावेशीका ७ जनाको अग्रता

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले ५३ मतले अग्रता लिएका छन् ।
संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार सवा तीन सय मत गणना गर्दा धामीले १८४ र साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारले १३१ मत ल्याएका छन् । यो मत गणना बुथ नं. १ को हो । संघको निर्वाचनमा १३ वटा बुथ थिए । चार हजार १३२ मत खसेको छ । एक हजार ८ सय मत गणना गर्दा १० जना सदस्य पदमा पनि ७ जना समावेशी प्यानल र तीन जना साझा प्रजातान्त्रिकको अग्रता छ । समावेशीबाट विष्णु श्रेष्ठ ११७८, डम्बरबहादुर चन्द ११०७, इन्दिराकुमारी शाही १०७७, सुदन केसी १००९, तोपबहादुर थापा १००४, टीकामणि उपाध्याय ९३२, बुद्धिबहादुर विके ९३० ले अग्रता लिएका छन् । साझा लोकतान्त्रिकका शिवप्रसाद दाहाल १०९८, युवराज ढकाल ९३६ र सन्तोषकुमार पौडेल ९०९ मत ल्याएर अग्रता लिइरहेका छन् । सदस्यमा २१ उम्मेदवार छन् । नेपालगन्ज रंगशालाकोे कबर्ड हलमा आइतबार बिहान ९ः३० बजेदेखि मतगणना जारी छ ।