अध्यक्षमा टंक धामीको अग्रता कायमै, रौनियारभन्दा ४५२ मत बढी

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले ४५२ मतले अग्रता लिएका छन् ।
निर्वाचन आयुक्तका कार्यालयका अनुसार दुई हजार २९५ मत गणना गर्दा धामीले एक हजार ३४१ र साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियार ८८९ मत ल्याएका छन् । धामीले निरन्तर अग्रता लिइरहेका छन् ।