नेपालगन्ज उद्योेग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित, पदाधिकारीमा समावेशीको अग्रता

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलबाट टंकबहादुर धामी निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिकका ललितकुमार रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन् । धामीले दुई हजार ४५६ मत र रौनियारले एक हजार ५६६ मत प्राप्त गरेका छन् । चार हजार ९२२ मतदाता रहेकोमा चार हजार १३२ मत मात्र खसेको थियो । ११० मत बदर भएको थियो । उपाध्यक्षसहितका पदाधिकारीको मतगणनामा समावेशी प्यानलका उम्मेदवारले नै अग्रता लिइरहेका छन् ।