लायन्स क्लब अफ इनोभेटिभ, पीएनएलएफ र बागेश्वरीको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्जको एउटै जोनमा रहेका इनोभेटिभ, पीएनएलएफ र बागेश्वरी क्लबको मंगलबार नेपालगन्जमा संयुक्त रुपमा इन्सलेसन एण्ड इन्डक्सन प्रोग्राम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ का गर्भनर मुकुट ढकालले तीन वटै क्लबका नवनिर्वाचित अध्यक्ष र पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । गर्भनर ढकालले आफ्नो एक वर्षे कार्यकालमा गर्नुपर्ने कामबारे जानकारी गराउँदै क्लब, क्लबको नेतृत्व र सम्पूर्ण सदस्यहरुलाई हौसला बढाउने काम गरेका थिए ।

सोही कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ का सेकेन्ड भीडीजी ज्ञानेन्द्रकुमार श्रेष्ठले तीन वटै क्लबका नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराउँदै लायन्स क्लबको उद्देश्य र कामबारे जानकारी गराएका थिए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्षहरु इनोभेटिभका विष्णु खनाल, पीएनएलएफका केशव न्यौपाने र बागेश्वरीका सुनिला बरालले आ आफ्नो एक वर्षे कार्यकालमा गरेका सामाजिक कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तीन वटै क्लबका वर्तमान अध्यक्षहरु क्रमशः सुशीला चन्द, डा. पियुष कनोडिया र मीरा पाण्डेले आफ्नो कार्यकाल शुरु भए यता गरेका काम र भावी योजना सुनाएका थिए ।

लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीका निवर्तमान अध्यक्ष सुनिला बराल (पदस्थापना अघि) र लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका वर्तमान अध्यक्ष सुशीला चन्द (पदस्थापना पछि)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व गर्भनर मधुसुधन शर्मा रिजालले लायन्स क्लबमा सदस्यता विस्तार, कोष वृद्धि र सामाजिक सेवाका कामहरु कसरी क्लब मार्फत प्रभावकारी रुपमा गर्न सकिन्छ भनेर प्रबद्र्धनात्मक मन्तव्य दिएका थिए ।