‘सामुदायिक जस्तै संस्थागत विद्यालयको शिक्षा अब्बल’

नेपालगन्ज : संस्थागत विद्यालयका सञ्चालकले सामुदायिक विद्यालय जस्तै गुणस्तरीय र अब्बल शिक्षा प्रदान गरिरहेको दाबी गरेका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको शनिबार नेपालगन्जमा आयोजित ९औ जिल्ला अधिवेशनको उदघाट्न समारोहमा बोल्ने सहभागीहरुले निजी विद्यालयहरु शैक्षिक गुणस्तरमा स्तर बृद्धि गर्दै अगाडि बढेको बताएका हुन् । राज्यले सरकारी विद्यालयलाई काखा र निजी विद्यालयलाई पाखा गर्न नहुने उनीहरुले बताए ।
नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजी विद्यालयप्रतिको व्यवहार नितान्त विभेदकारी भएको आरोप लगाए । उनले गुणात्मक शिक्षाको लागि ठूलो धनराशी बाहिरिएको बताउँदै फेरि पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको टिप्पणी गरे ।
केन्द्रीय उपाध्यक्ष सुवाधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप लगाए । कार्यक्रममा एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजीकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । उद्घाटन सत्रपछि बन्द शत्रले नयाँ कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्नेछ ।कार्यक्रमलाई समापन गर्दे जिल्ला अध्यक्ष श्याम कुँवरले गुणस्तरीय शिक्षाका लागि आफूहरुले थालेको प्रयासलाई आगामी दिनमा पनि ससक्त बनाउनुपर्ने बताए ।